एमाले स्थायी कमिटी बैठक स्थगित

नेपालखोज २०७८ असार २९ गते १२:३५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएपछि एमालेले स्थायी कमिटीको बैठक स्थगित गरेको छ । दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको बैठक स्थगित गरिएको एमाले सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको स्थायी कमिटीको बैठकमा पार्टी एकता बिषयमा छलफल गर्ने कार्यसूची थियो । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बैठक स्थगन भएको जनाइएको छ ।

सर्वोच्च अदालतले सोमबार संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि प्रधानमन्त्री ओलीले बिदाइ सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया