‘सन् २०२१ भित्रै ठूलो मात्रामा जनतालाई काेराेनाविरुद्धको खोप लगाइन्छ’
नेपालखोज
२०७८ असार २९ गते १५:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रै ठूलो मात्रामा जनतालाई काेराेनाविरुद्धको खोप लगाइने बताएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सरकारले खरिद गर्ने र दाताहरुको सहयोगमार्फत् २ करोड डोज खोपको सुनिश्चितता भइसकेको बताए ।
बालबालिकाका लागि दिइने ६० लाख फाइजर खोप खरिदका लागि पनि सरकारले प्रक्रिया अघि बढाइसकेको ओलीले सम्बोधनका क्रममा बताए ।
सम्बन्धित
प्रतिक्रिया