नेप्सेमा करेक्सन, १६ अंकले बढ्दा जीवन बिमाबाहेक सबै समूहको सूचक हरियो

नेपालखोज २०७८ असार २९ गते १५:५२

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै ४५ अंकले घटेको नेप्सेमा साताको तेस्रो कारोबार दिन मंगलबार भने करेक्सन देखिएको छ ।

नेप्से आज १६ दशमलव ३४ अंकले बढेर २८ सय ७१ दशमलव तीन अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७४ अंकले बढेर पाँँच सय ३९ दशमलव ५१ अंकमा पुगेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको ५३ हजार एक सय ३९ पटकको कारोबारमा एक करोड २३ लाख ४८ हजार तीन सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार दुई सय २४ रुपैयाँ पुगेको छ ।

१३वटा समूहको कारोबार भएकोमा आज जीवन बिमा समूहको सूचक ६६ दशमलव १९ अंकले घटेपनि बाँकी समूहको सूचक बढेर हरियो भएको छ ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव २४ अंकले बढेर १९ सय ६४ दशमलव १८ अंकमा, जलविद्युत समूहको सूचक पनि १३ दशमलव ९१ अंकले बढेर दुई हजार सात सय ६१ दशमलव ४६ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि १४ दशमलव चार अंकले बढेर १४ हजार ५३ दशमलव ४१ अंकमा चढेकोमा विकास बैंक, फाइनान्स, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

आज सेन्ट्रल फाइनान्सको प्र्रतिकित्ता सेयर मूल्य छ दशमलव ९८ प्रतिशतले बढेर चार सय ६० रुपैयाँमा कारोबार हुँदा सानिमा लार्ज क्याप फन्डको प्रतियूनिट सेयर मूल्य तीन दशमलव आठ प्रतिशतले घटेर १० रुपैयाँ ६८ पैसामा कारोबार भएको छ ।

यसैगरी आज नेपाल बंगलादेश बैंकको प्रतिकित्ता चार सय ३९ रुपैयाँ अन्तिम मूल्यमा ४५ करोड ४७ लाख ४७ हजार एक सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया