महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

नेपालखोज २०७८ असार २९ गते १६:३८

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता भएका रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया