नियुक्ति नसच्चिएसम्म शपथ नलिने नवनियुक्त प्रधानमन्त्री देउवाको अडान

नेपालखोज २०७८ असार २९ गते १९:०९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्तिको ब्यहोरा नसच्चिएसम्म शपथ नलिने अडान लिएका छन् । बेलुकी ६ बजे शपथ ग्रहणको जानकारी गराएर तयारीका साथ बसेको शीतल निवास देउवा नगएपछि अन्योलमा परेको छ ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया