नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
नेपालखोज
२०७८ असार २९ गते २०:३९

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।
राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।
तस्बिर : नेपाल टेलिभिजन
सम्बन्धित
प्रतिक्रिया