देउवा सरकारका चार मन्त्रीद्वारा शपथ ग्रहण

नेपालखोज २०७८ असार २९ गते २०:५०

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चार जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति निवा शीतल निवासमा चारै जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

त्यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् । शर्मा अर्थ र भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छिन् ।

प्रतिक्रिया