शपथपछि प्रधानमन्त्री देउवालाई पहिलो बधाई माधव नेपालको

नेपालखोज २०७८ असार २९ गते २१:००

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो बधाई एमाले नेता माधव कुमार नेपालले दिएका छन् ।

शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिएका हुन् । माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन् ।

माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन् । देउवालाई मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

प्रतिक्रिया