देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठक : सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय

नेपालखोज २०७८ असार २९ गते २२:२४

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सवै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो । बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, कोभिड – १९ को विरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पाउने भनिएको जोखिम भत्ता पनि एक साताभित्र उपलव्ध गराउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

बैठक पछि सञ्चारकर्मीसंग निर्णय सुनाउँदै कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता एक साता भित्रै उपलव्ध गराउने निर्णय भएको बताए । सरकारले कोभिडविरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया