नयाँ मन्त्रीमण्डलमा कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? (विज्ञप्तिसहित)

नेपालखोज २०७८ असार २९ गते २२:४१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल बनाएका छन् । मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री देउवाले मंगलबारै सानो आकारको मन्त्रिमण्डल बनाएका हुन्।

देउवा नेतृत्वको सरकारमा ४ जना मन्त्री बनेका छन् । जसमा बालकृष्ण खाँडलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की चयन भएका छन् ।

यस्तै ऊर्जा मन्त्रीमा पम्फा भुसाल, अर्थ मन्त्रीमा जनार्दन शर्मा रहेका छन् । अन्य १७ मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन् ।

प्रतिक्रिया