बालुवाटारबाट बालकोट सर्दै ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन्। करिब ४१ महिना प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बिहान ११ बजे निजी निवास बालकोट सर्न लागेका हुन् ।
२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए । सर्वोच्च अदालतको परमादेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले भोलिपल्ट सरकारी निवास छाड्न लागेका हुन् ।
ओलीलाई युवा संघ नेपालले करिब दुई हजार गाडी र तीन हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको ओलिनिकट सांसद महेश बस्नेतले बताएका छन् । ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।
ओलि सरेपछि नवनियुक्त प्रधानमन्त्री देउवा आजै बालुवाटार सर्नेछन् ।

प्रतिक्रिया