प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता, पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल

नेपालखोज २०७८ असार ३० गते १८:१४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगिसकेका छन् ।

भेटमा नयाँ सरसकार गठन पछिको राजनीतिक परिस्थिति, विश्वासको मतलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया