देउवाद्वारा कांग्रेस पदाधिकारी बैठक आह्वान, महाधिवेशनको तयारी र सरकार सञ्चालनलगायत विषयमा छलफल हुने
नेपालखोज
२०७८ असार ३० गते २०:५०

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
पार्टीको १४औँ महाधिवेशनको तयारी र सरकार सञ्चालनलगायत विषयमा छलफल गर्न देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा महाधिवेशनको तयारी, निर्वाचन निर्देशिकाबारे छलफल, क्रियाशील सदस्यता छानबिन, मन्त्रिमण्डल गठन र सरकारका कामकारबाहीबारे छलफल हुने उनको भनाइ छ । यसअघि मंगलबारकै लागि तय भएको बैठक सर्वोच्च अदालतको फैसला आउने भएपछि स्थगित भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया