पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपालखोज
२०७८ असार ३० गते २१:३३

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल / मट्टितेलको मूल्य प्रति लिटरमा १ रुपैयाँले घटाइएको छ ।
अब पेट्रोललाई प्रतिलिटर १२८ रुपैयाँ, डिजेल /मट्टि तेल १११ रुपैयाँ पर्ने भएको छ ।कोरोनाले प्रभावित भएका बेला निगमले बारम्बार पेट्रोलियम पदार्थको वृद्धि गरेको भन्दै पाँच विद्यार्थी संगठनले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए ।
विद्यार्थी संगठनको मागलाई मध्यनजर गर्दै निगमको संचालक समितिको बुधबार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया