शुक्रबार, वैशाख ७, २०८१

नेपाल राष्ट्र बैंकद्को मोवाईल एप सार्वजनिक

नेपालखोज २०७८ असार ३० गते २१:५७

काठमाडौ । नेपाल राष्ट्र बैंकद्वारा मोवाईल एप सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार असार ३० गते अर्थात बुधबारदेखि नेपाल राष्ट्र बैंक मोवाईल एप सार्वजनिक गरिएको हो ।

आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नरडा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरे ।बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ ।

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धितसूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । उक्त एप हालको निम्ति बेटा भर्सन’ मा उपलब्ध छ ।

प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने छ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिकरूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ ।

प्रतिक्रिया