शुक्रबार, वैशाख १४, २०८१

विधानविपरीत साधारणसभा स्थगित गरेकोमा ढकालको आपत्ति

नेपालखोज २०७७ साउन ९ गते १६:५८

काठमाडौं । साधारणसभा स्थगित गरेकामा नेपाल उद्योग वाणिज्य महानिर्णय गलत संघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले आपत्ति जनाएका छन् । शुक्रबार ढकाल नेतृत्वको समूहले गरेको पत्रकार सम्मेलनमा महासंघको साधारसभा सार्ने निर्णय गलत भएको जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर साउन २६ र २७ गतेलाई साधारणसभा तय भएको थियो । तर महासंघले निर्णय कार्यसमिति, पदाधिकारी बैठकले नै निर्णय गरेर विधानविपरीत भएको ढकालले बताए ।

उनले भने ‘कार्यसमितिको वैंठकले चुनाव सार्ने निर्णय गरेर पदाधिकारीले यो ठीक भएन । मलाई कखुरा खायो भन्दा पनि स्याल पल्कियो भन्ने कुरामा डर भयो ।’

सरकारलाई निर्वाचन सम्बन्धि पत्र पठाए पनि सरकारको जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगितको निर्णय गर्नु गलत भएको ढकालले बताए । ‘सरकारले छुट दिन्थ्यो वा रोक लगाउथ्यो, तर चिठीको जवाफ अघि नै महासंघले हतारमा निर्णय गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

उक्त पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्‍डीराज ढकाल र पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारको सहभागिता रहेको थियो ।

महासंघले चुनाव हतारहतार स्थगित गरेकोमा पूर्वअध्यक्ष ढकालले टिप्पणी गरे । कतिपय पदाधिकारी काठमाडौं उपत्यका बाहिर रहेको बेला यो निर्णय गर्नु गलत भएको बताए । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले करिब ५० प्रतिशत पदाधिकारीको असहमतिका बाबजुद चुनाव सारेको असन्तुष्टि जनाए ।

महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना फैलिन सक्ने कारण देखाउँदै निर्वाचन स्थगितको निर्णय गरेको थियो । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल रहेका छन् ।

प्रतिक्रिया