दुई वटा कम्पनीहरुसँग झण्डै ६६ करोड बिगोसहित उच्च अदालत पाटनमा मुद्धा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले दुर्ई वटा कम्पनीहरुविरुद्ध झण्डै ६६ करोड रुपैयाँ बराबरको बिगोसहित मुद्धा दायर गरेको छ । विभागका अनुसार दुई वटा फरक- फरक कम्पनीहरुविरुद्ध झण्डै ६६ करोड रुपैयाँ बिगो र कैद सजाय माग दावी गर्दे बुधबार उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको हो ।
सर्लाही जिल्ला ब्रम्हपुरी गाविस –७ बस्ने मनिराज सप्लायर्सका प्रोप्राईटर राजदेवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतो र रौतहट जिल्ला, तेजपाकड गाविस ६ छ बस्ने शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्स मुख्य कारोबार गर्ने व्यक्ति ओमप्रकाश सिंह भुमिहारविरुद्ध मुद्धा दायर गरिएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार मनिराज सप्लायर्सका प्रोप्राईटरराज देवी तथा उक्त फर्मको मूख्य कारोबार गर्ने व्यक्ति राजाराम महतोबाट ४१ करोड ५१ लाख ३१ हजार आठ सय ५४ रुपैयाँ बिगो र कैद सजाय माग दावी गर्दै मुद्धा दायर गरिएको हो ।
मनिराज सप्लार्यसका प्रोप्रराईटर राजदेवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतोले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक मात्र जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजी गरी प्रपञ्च रची मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ ।
सोही आधारमा ति व्यक्तिलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार जरिवाना र कैद सजाय माग दावी गरिएको छ ।
विभागका अनुसार शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मूख्य कारोबार गर्ने व्यक्ति ओमप्रकाश सिंह भुमिहारबाट पनि २५ करोड ३५ लाख ४१ हजार पाँच सय ८४ रुपैयाँ बिगोसहित कैद सजाय माग दावी गरिएको छ ।

प्रतिक्रिया