शुक्रबार, वैशाख ७, २०८१

कर्णालीको अधिवेशन मध्यरातमा अन्त्य, आजै अध्यादेशबाट बजेट ल्याउने तयारी

नेपालखोज २०७८ असार ३१ गते ८:१०

सुर्खेत । कर्णाली प्रदेश सभाको आठौं (बजेट) अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको हो ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको थियो । सोही सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन् ।

बुधबार पनि आठौं अधिवेशनको अठारौँ बैठक पनि एमालेले अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ ।

प्रतिक्रिया