प्रधानमन्त्री देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने
नेपालखोज
२०७८ असार ३१ गते ११:२५

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । गएकाे मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उनी भोलि मात्रै सरकारी निवासमा सर्ने उनकाे सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गएकाे सोमवार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेकाे थियाे ।
सम्बन्धित

प्रतिक्रिया