पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन
नेपालखोज
२०७८ असार ३१ गते १२:५१

कराँची । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधबार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो ।
पाकिस्तान मुस्लिम लिग (पीएमएल) तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए ।
उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३औं पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए । गत वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनको कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो ।
उनको उपचारका क्रममा निधन भएको हो । हुसेनका श्रीमती र तीन छोरा छन् । राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया