शुक्रबार, वैशाख ७, २०८१

दोस्रो त्रैमासिकमा कामना बैंकको एक अर्ब रुपैयाँ खुद सञ्चालन आम्दानी

नेपालखोज २०७८ माघ ४ गते १७:५९

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशत वृद्धि गरको छ । बैंकले करिव एक अर्ब रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको जनाएको छ ।

यस त्रैमासिकसम्म (गतवर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि करपछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८ अर्ब ९२ करोड रुपैयाँ छ भने कर्जा ४४ अर्ब ९० करोड रुपैयाँ छ । तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १० दसमलव ६९ प्रतिसत र १० दसमलव ९८ प्रतिसतले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२ दसमलव ३२ प्रतिसत कायम गरेको छ भने प्रति सेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा रहेको छ । बैंकको हालको चुक्ता पूँजी तीन अर्ब १४ करोड र जगेडा कोषमा ९.६७ करोड रहेको छ । साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा एक दसमलव ७९ प्रतिसत रहेकोमा यस त्रैमासिक सम्ममा एक दसमलव ७७ प्रतिसतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४ प्रति सेयर नेटवर्थ १३३.०२ र आधार दर नौ दसमलव दुई प्रतिसत रहेको छ ।

प्रतिक्रिया