बिहीबार, जेठ २, २०८२

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई तारेखमा छाड्न सर्वोच्चको आदेश

नेपालखोज २०७८ असार ३१ गते १९:१८

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र डा. मनोजकुमार शर्माको इजलासले वलीलाई मुद्दा पुर्पक्षका लागि साधारण तारेखमा राखी छाड्न आदेश दिएको हो । वलीमाथि हातहतियार तथा खरखजाना, बिष्फोटक पद्धार्थ, राजद्रोह र संगठित अपराध सम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलेको हो ।

उनीमाथि थुनछेकको आदेश बदर गर्न निवेदन अदालतमा परेको थियो । वलीको स्वास्थ्य अवस्था बिग्रेको र मुटुको उपचारको लागि शहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा उपचाररत रहेको विषय पनि निवेदनमा उल्लेख थियो ।

प्रतिक्रिया