बिहीबार, जेठ २, २०८२

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

नेपालखोज २०७८ असार ३१ गते २०:१०

काठमाडौं । महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

खाती नेपाल बार एसोसिएशनका पूर्व महासचिवसमेत हुन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ । मंगलबार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि उक्त पदमा खातीलाई बिहीबार नियुक्त गरिएको हो ।

प्रतिक्रिया