युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड

काठमाडौं । बिहीबार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर बाँडफाँड सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारण आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाइ बाँडफाँड गरिएको छ ।
प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गतेदेखि २८ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कुल सेयर ६४ लाख ५० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
निष्काशनको करिब ५.९२ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया