संसदीय दलको बैठकअघि एमालेले बाेलायाे स्थायी कमिटी बैठक

नेपालखोज २०७८ साउन १ गते ७:४१

काठमाडौं । सरकारबाट बाहिरिएको तीन दिनपछि नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ ।

यसअघि पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो । स्थायी कमिटी बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।

प्रतिक्रिया