सुनचाँदीकै मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ साउन १ गते ११:०९

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९३ हजार दुई सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेर ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन ९२ हजार सात सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय २० रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया