वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुनिश्चितता गर्न मानव अधिकार आयोगको आग्रह

नेपालखोज २०७८ साउन १ गते १५:३८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न आग्रह गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोपका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै एक पटक मात्र लगाए हुने र गन्तव्य देशले पनि मान्यता दिएको खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।

यसका साथै आयोगले महामारीको बेलामा रोजगारीका लागि जाने नेपाली श्रमिकको मानवअधिकारको रक्षा गर्न पनि सरकारलाई आग्रह गरेको छ । महामारीको समयमा रोजगारीका लागि विदेश जाने नेपालीलाई पर्न सक्ने कठिनाइ न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया