शनिबार, असार २१, २०८२

मानवाधिकार उल्लंघनका घटना बढे

नेपालखोज २०७८ साउन १ गते १५:४८

सोलुखुम्बु । सोलुखुम्बुमा मानवाधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लंघन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका जनाएको छ ।

बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्वअर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधिमा १० बलात्कार र बलात्कार प्रयासका घटना घटेको इन्सेक प्रतिनिधि भोजराज कार्कीले बताए ।

त्यस्तै इन्सेकको तथ्याङ्कअनुसार गत एक वर्षमा पाँच घरेलु हिंसाका घटना घटेको थियो भने चालु वर्षको छ महिनामा छ घटना घटेका छन् । त्यस्तै कुटपिट तथा धम्कीका घटनासमेत बढेका छन् । गत वर्ष पाँच घटना अभिलेखीकरण गरेको इन्सेकले यस वर्षका छ महिना अवधिमा छ घटना अभिलेखीकरण गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवालाबीच गरिएको अन्तक्र्रिया कार्यक्रममा बाल यौन दुव्र्यहारका तीन, आत्महत्या दुरुत्साहनका एक, हत्या एक र भौतिक संरचनामा क्षति एक भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । छ महिनाको अवधिमा इन्सेकको पहलमा एक बालकको उद्धार गरिएको बताइएको छ ।

त्यस्तै सोही घटनाको समाचार बाहिर आएपछि सात वर्षीया अनाथ बालिकाको समेत प्रहरीले उद्धार गरेको इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक कवित कटवालको विशेष पहलमा ती बालिकाको उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको छ ।

प्रतिक्रिया