एमाले स्थायी कमिटी बैठक : कार्यदलको सहमति अनुमोदन गर्ने निर्णय (फोटो फिचर)
नेपालखोज
२०७८ साउन १ गते १७:२१

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो ।


एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिए । बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भङ्ग गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकारले देश विकासमा ऐतिहासिक कार्य गरेको निर्णय गरेको छ ।




सम्बन्धित

प्रतिक्रिया