बिहीबार, वैशाख २०, २०८१

राष्ट्रिय वाणिज्य बैंक र यूएनडीपी नेपालबीच सम्झौता

नेपालखोज २०७८ साउन १ गते १७:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ( यूएनडीपी ) नेपालबीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि यूएनडीपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरुलाई यूएनडीपीले उपलब्ध गराउने रकम बैंकले बैंक खातामार्फत भूक्तानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरु मध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा लगानी गर्न सकिने बताए ।

यूएनडीपी नेपालका आवसीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई यूएनडीपीको प्रयास कार्यक्रम अन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब उपकार्यकरी अधिकृत देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव, यूएनडीपी नेपालका सहायक आवसीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगर, लगायतको उपस्थिति रहेको थियो । ब्रान्च अपरेसन विभागका प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया