हाम्राे माग सम्बोधन नभएका कारण बैठक बहिष्कार गर्नु पर्याे : नेता रावल
नेपालखोज
२०७८ साउन १ गते १७:५२

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभएका कारण माधव नेपाल पक्षले बैठक बहिष्कार गरको बताएका छन् ।
स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदल सदस्यहरुले बैठक स्थगित गर्न र शिर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफूहरु बैठकमा सहभागी नभएको नेता रावलले बताए ।
अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दापनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए ।
नेता रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरे अनुरुप पार्टी बैठकहरु सञ्चालन गरिनुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया