सोमबार, फागुन १४, २०८०

देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक : ओली

नेपालखोज २०७८ साउन १ गते १९:४२
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताएका छन् । शुक्रबार नेकपा(एमाले) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताए ।

उनले गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यता र दलीय व्यवस्थालाई तोडेको बताए । गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उनले बताए ।

उनले भने – ‘अस्वस्थ, अपवित्र, अप्राकृतिक गठबन्धन रहेको छ राजनीतिक क्षेत्रमा । त्यस गठबन्धनले लोकतन्त्रको मुल्य, मान्यता तोडेको छ । दलीय प्रणाली, दलीय व्यवस्था, त्यसका सञ्चालन विधि, ति कुरालाई तोडेको छ । र एउटा अनुशासनहिन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको छ । अवलम्वन गरेको छ । यो धेरै गम्भिर कुरा हो लोकतान्त्रिक आन्दोलनका लागि ।’

उनले नेपालको निर्वाचन पद्धती अस्थिरता जन्माउने खालको भएको पनि बताए । उनले एमाले नेतृत्वको सरकारमाथि विभिन्न खालका षडयन्त्र भएको उल्लेख गर्दै सरकार निर्माणताका नै एमाले बाहेकको सरकार बनाउने प्रयास गरिएको पनि स्मरण गरे ।

प्रतिक्रिया