सोमबार, वैशाख १७, २०८१

‘हामी- मानिस कम र बढ्ता गोटी हौं’

नेपालखोज २०७८ पुष १५ गते १४:०९

पत्रकार नारायण श्रेष्ठले फेसबुकमा एउटा पोस्ट गर्दा लेखे :
आजभोलि त हप्तैपिच्छे चिनियाँ नेताहरु नेपालका कम्युनिष्ट नेताहरुसँग व्यक्तिगत या भिडियो कुराकानी गर्न थालेछन् । भेटघाटमा चीनको स्वार्थविरुद्धका गतिविधि नेपालमा हुन नदिने आश्वासन नेपाली नेताबाट खोजिएको समाचार आउँछ ।

के होला चीनको स्वार्थविपरीत भनेको? चिनियाँ शासन व्यवस्थाको आलोचान गर्न नपाईने, त्यहाँ हुने मानवअधिकार हनन, यौन दुर्व्यवहार, प्रेसमाथिको अंकुस-कुनै विषयमा पनि बोल्न नहुने?
स्वतन्त्र विचार र मानवअधिकारको पक्षपति नेपालले छिट्टै सोच्नु पर्छ, लोकतन्त्रका स्थापित यी अन्तराष्ट्रिय मान्यताको पक्षमा उभिने कि सिर्फ आर्थिक शक्तिको नाममा उदाउँदै गरेको एउटा राष्ट्रले जे भन्छ सही थप्दै जाने ।
असल छिमेकीले गर्न सक्ने र मिल्ने जति नेपालले चीनको हितमा गर्छ भन्ने कुरा चिनियाँहरुलाई नेपाली नेताले आश्वस्त पार्न सक्नुपर्छ। संगै यो पनि भन्न सक्नु पर्छ स्थापित अन्तर्राष्ट्रिय मान्यताको खिलाफमा नेपाल उभिन सक्दैन ।
यति हिम्मत देखाउन सक्लान त हाम्रा नेताले !

अब हेरौं कमेन्ट बक्समा आएका प्रतिक्रियाहरु :

केशव कोइराला
पश्चिमाको खुराकको डकार देखियो ।आफ्नै देशको मानवअधिकारको बेहाल थाहा छैन । अमेरिका बसेर चीनको चिन्ता ।

रामचन्द्र अधिकारी क्षेत्री
अमेरिकी षड्यन्त्रको शिकार ,माध्यम नेपाल नबनोस् भन्ने उदेश्यलाई नेपालले दर्हो साथ दियो भने सिरिया,इराक, अफगानिस्तान हुन बाट जोगिनेछ, आफू अमेरिकामा बसेर नेपालीको सुरक्षा,सार्वभौमसत्ताको रक्षाप्रति पनि चिन्ता गरौं हजुर ।

उमाकान्त यूके
अमेरिकाबाट यति त लेख्नै पर्यो नि । अझ अंग्रेजीमा लेखेको भए अमेरिकनहरुले पनि बुझेर खुसी हुन्थे होलान् बरु !

भोलाराज भट्टराई
के हो स्थापित मान्यता भनेको? पस्चिमाहरुले जे जे भन्छ्न त्यो? चिनमा अन्याय अत्याचार भएको भए त्यहिका जनता उठ्लान। आफ्नो आफ्नो देसको नीति बिधान अनुसार चल्ने हो।प्रेस स्वतन्त्रताको नाममा मनपरीतन्त्र पनि ठिक होइन। हाम्रो स्वार्थमा अबरोध आउँछ भने त्यसको विरोध गर्ने हो ।

पुजन बराल
हुँदाहुँदै अमेरिकाको नुन खाएर यसो भनेको भनेर तपाईंमाथि नै नानाथरी भन्नेहरु भेटें
छोडिदिनुस् सर सत्य बोल्न
यहाँ सत्य बोल्यो कि नचाहिने आरोप खेप्नुपर्छ ।

बालकृष्ण ढुंगेल
चिनियाँ चिसो र कपटी जात हो । नेपाली कम्निस्टहरूको चिनियाँप्रतिको विश्वास र भरोसा नै गलत छ। केही समय कुर्नुहोस्, झलझली देखिन्छ।

राजु नेपाल
चीन हाम्रो छिमेकी हो अरु केही होइन । व्यापारी देश हो फाइदा हेर्छ संसारमा कोरोना निर्यात गर्यो र पछि-पछि सामान खोप औषधिजन्य पदार्थको निर्यात गरे पैसा लुटेको छ ।

कृष्ण पौडेल
तपाईं अमेरिका बसेर नुनको सोझो, पूर्वाग्रही सोच ।

नवराज चालिसे
नारायणजी तपाईंको औकात यति नै रहेछ, धिक्कार छ!!!

समीर क्षेत्री
अमेरिकाको नुन खाएसी नुनको सोझो त गर्नै पर्यो नि । कि कसो नारायणजी ?

जनक रोकाया
यो डलरको नसाको बोलि जस्तो लाग्यो नेपालमा मानवअधिकार कहाँ छ ।

नारायण खनाल
तै त नारायणजी हाम्रा देशका नेता मात्रै हैनन सामान्य कार्यकर्ता पनि कम्युनिस्टहरुले चाईनाको सपोर्ट गर्ने जस्तो सुकै नराम्रो गरेपनि अनि कङ्ग्रेसी हरुले अमेरीकाको सपोर्ट गर्नु पर्ने रे जेसुकै गरे पनि हामी किन यती धेरै विभक्त भएका हौ बुझ्नै सकिएन । गल्तीलाई गल्ती भन्न नसक्ने हामि गुलामी पो भयौ त हेर्नु त यहीका कमेन्ट धिक्कार छ हामीलाई ।

सुगम सुनामी
अमेरिकी अमेरिका र पश्चिमीभन्दा चीन ठीक छ चीन सधैं राम्रो छ बरु चिनको जस्तै ब्यबस्था आउनुपर्छ नेपालमा पनि ।

मेघराज भट्टराई
नारायणजी किन कुरा चपाउनुपर्यो ? खुलस्त एमसीसीको समर्थन गरे भैगो नि । आज तपाई जस्तो आशा लाग्दो प्रतिभाशाली युवा विदेश पलायन गराउने यो राज्य व्यवस्थाले होइन र ? देशले के पायो ४६ साल पछि? किन अरु देशको लागी चिंता आफ़नो देश को लागी सोचौ की ? प्रेम बानिया लाई पनी ल्याएर नेपाल फ़र्किनु यो देश तपाई हामी ले बनाउने हो।

राजेन्द्र गौतम
पस्चिमा सन्चार माध्यम पढेकै भरमा वा अमेरिका मा बसेकै भर मा चिनियाँ प्रजातन्त्र को कुरा गर्नु भएको हो थाहा भएन एक चोटि चीन मै बसेर चिनियाँ प्रजातन्त्र को अध्यन गर्ने हो कि नारायण जि ।

खुम चापागाईं
पहिला आफ्नो देशको बारेमा सोचे राम्रो. हात्ती लाई कमिलाको निर्देशन को अर्थ हुँदैन ।

केशव रेग्मी
सकेसम्म एमसीसी पास नहोस् भन्ने अपेक्षा होला चीनको ।

लामा सुरेन
यत्ति लेखेर अमेरिका को नून को सोजो त गर्नु नै पर्यो नि नत्र शरणार्थी जिन्दग़ी धराप छ हैन त एमसीसी को पिसात ।

नारायण श्रेष्ठ
एमसीसी खराब छ भन्न नसक्ने यूएसबाट नुनको सोजो गर्दा तपाईंको आफ्नै तौल घटाउने कुरो आयो!!! एमसीसी को पैसा नेपाललाई खाचो छ तर उसको नियम होईन भन्नुस् के मित्र!!!

सुशील श्रेष्ठ
अमेरिकाले तेतिको लागि किनेर लगेको होला तपाईं हजुर लाई ठिकै छ कसैको नुन खाएपछी त्यस्को सोझो त गर्नै पर्यो हजुर अन्नेथा पाप लाग्नेछ । जय होस तपाईंको ।

वासु महर्जन
कथित मानव अधिकार र स्वतन्त्र विचारको समर्थनको नाममा अनावश्यक माकफुइं नदेखाउदा राम्रो ।

सुमन आले
अमेरिकाको चीन घेर्ने नीति का लागि नेपाली भुमी प्रयोग हुन नदिने भन्ने बुदा चाहिँ छुटाउन चाहनुभएको हो??

विनोद भट्टराई
भनेपछि चीन विरुद्ध बोल्ने जागिर खान थाल्नुभयो ? चिनियाको जस्तै चासो भारतीयको पनि छ त – यसमा किन बोल्नुहुदैन । चीन / भारत सिमा जोडिएका छिमेकिको जस्तै चासो अमेरिका र पश्चिमाको पनि छ त । किन बोल्नुहुदैन ?

बीबी अधिकारी
नुनको सोझो त गर्नै पर्यो ।

सञ्जीव रेग्मी
हाम्रा पत्रकार नेता अनि अन्य झोलाबहादुरहरु जहाँ गयो जो सङ स्वार्थ जोडियो उसैको महिमागान गाउने सस्कारले चाहिँ राष्ट्रियता र स्वाधीनता जोगिएला र ? एमसीसीको बिषयमा बोल्नुपर्दैन
अनि देशभित्रै भबिष्य खोजिरहेका युवाहरुको बारेमा बोल्नुपर्दैन ए नाराण ।

अंगराज
मानव अधिकारको कुरा गर्दा तपाइँ पनि बिकेको हो कि भन्ने शंका लाग्यो ।

सूर्य श्रेष्ठ
अमेरिकामा बसेर नेपालको चिन्ता गर, चीनको होईन ।

रमेश निरौला
यी हाम्रा आन्तरिक मामिला हुन डलरेहरु ले अमेरिका कै चिन्ता गरे राम्रो ।

दीपक पोखरेल
भने पछी एमसीसी नेपाली जनताले सहर्ष स्विकारीदिनु पर्ने होर नारायण सर ।

सुरज भुजेल
हामी बिनाकारण चीनको पिछ्लग्गु भये जस्तो लाग्छ,,,चीनले त आफ्नो स्वार्थ मात्रै हेरेको छ,न कि नेपालको हित,,नेपालप्रति उसको सद्भाव साच्चिकै हुन्थ्यो भने खोइ कति वटा नाका संचालित छन् अहिले??किन नाका सुचारु गर्ने पहल गर्दैन???

विष्णु अर्याल
तपाई त्यहि साझा सवाल को नारायण श्रेस्ठ होईन र? अमेरिका बसेको भएर होला नुनको सोझो गरेको ।

हरि भट्टराई
तपाईंले राम्रो मानेको पश्चिमा मुलुकहरू के मानव अधिकारका हिमायती हुन् त ? बाहिर देखावटी मानव आधिकार, भित्र भित्रै षड्यन्त्रको जाल बुन्ने । नेपालको असल छिमेकी मुलुक चीनका नेताहरुसंग नेपालका नेताहरुले कुराकानी गर्दा तपाईंको किन टाउको दुखाइ ?

सागर भट्टराई
अगर चाइना न हुँदो हो त भारतले नेपाललाई ७० बर्स पहिले नै सिक्किम बनाउने थियो महाशय ।

वसन्त तिमिल्सिना
कमेन्टमा त चिनियाँ दलालहरुको रुवावासी छ त । तोरिहरु पहिले थ‍ोरै अध्यन गरेर आउ । चिनियाँ र पस्चिमाहरु दुवै गलत छन ।

अमृत थापा
मान्छे चाहिं नेपाली तर अमेरीकाले खरीद गरीसकेको गन्ध आउन थालेछ ।

बम राना मगर
अमेरिका पस्यो भन्दैमा चीनको विरोध ?

रामचन्द्र पौडेल
अमेरिकाको बारेमा पनि लेखौँ न सर ! सयौँ देशमा युद्ध भड्काएर दशौँ लाख निर्दोष मानिसको हत्या र करोडौँलाई घरबार बनाउने अमेरिकी कदम चाहिँ मानवअधिकारवादीको नजरमा किन कहिल्यै पनि नपरेको होला !?

राम सुदन नेपाल
हजुर विदेश गैहाल्नु भयो अब नेतालाई यो कुरा कस्ले सम्झाउने खै ।

अर्जुन ब्लोन
गुलाम बौद्धिकता आबश्यकता छैन। दानापानी अनुसार परिवर्तन बौद्धिकता केही अर्थ राखिदैन।

श्याम कँडेल
भारतको जस्तो गल्लीमा कुकुर भुकेजस्तो भुक्न पाइने ब्यबस्थाले चाहिँ जनतालाइ के दियो नारायणजी? नेपाल र भारतमा दिएको प्रेश स्वतन्त्रताले कति जनबिश्वास पाएको छ ? तपाइँले पनि डलरको स्वादमा यति लेख्नु भयो होला तर भारत र चीन स्वतन्त्र भएको एउटै समयमा हो, आज चीन कहाँ छ र भारत कहा छ तथ्यांक हेर्नुस। भोको पेटलाइ जतिसुकै कराउन पाउने अधिकार दिएपनी पेट नभरिए त्यो अधिकारको के अर्थ? चीनलाइ निकृस्ट ब्यबस्थाको रुपमा हेर्ने तपाइँको दृस्टीदोष हो। जनता मूर्ख छैनन। नेपाल बिग्रेको डलरको खेतीले हो।

युवराज आचार्य
चीनलाई भन्दा हाम्रा हुटि्ट्याउँहरूलाई चीनको सुरक्षाको बढी चासो छ l

भोजराज न्यौपाने
त्यसै हो त, चीनमा पानी परेको थाहा पाएपछि सोल्टीहरु छाता ओडेर हिंड्छन् भन्या !

तरुण पौडेल
हामी यस्तै त हो नि ब्रो !

आदित्य लामा
चीनको स्वार्थविरुद्ध त बोल्नु पर्छ नै, अनि एमसीसीको विरुद्ध चै बोल्नै नपर्ने ? ? ? ? ?
नुन को सोझो नबनौं , मानब अधिकार को बारेमा बोल्न सक्ने ले तिम्रो एमसीसी चाइन्न लिदैनौं भन्दा किन लिनै पर्छ भन्दै थर्काउदै छन नेपाली लाइ ? ? ? ? ? ? ? ? ?

अमित गुभाजु
कोठे ज्ञाताहरु लाई चीन कती खतरनाक छ थाहा छैन ।

यादव गौतम
यो पनि सीआईएकै एजेन्ट नै रहेछ । विष बमन गर्न थाल्दैछ ।

नारायणको प्रति टिप्पणी :
कतिपय मित्रहरुको कमेन्ट देखेर भूपिको ‘हामी’ कविता खुब सम्झिए-
‘…आफ्नो गीत हराएका
एउटा स्ट्राइकरद्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं।
… हामी बुद्दू नभै वीर कहिल्यै हुन सकेनौं ।’

प्रतिक्रिया