लामो दूरीको सार्वजनिक सवारीको भाडादर सार्वजनिक
नेपालखोज
२०७८ साउन २ गते ७:५६

काठमाडौं । सरकारले गत असार २७ गते बढाएको लामो दूरीको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसहित विभिन्न १३ वटा सूचकका आधारमा बढाइएको भाडा यातायात व्यवस्था विभागले शुक्रबार साँझ सार्वजनिक गरेको हो ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समायोजन गरिएको नयाँ भाडा २० देखि २८ प्रतिशत सम्म बढाइएको छ । यो भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा मात्र लागू हुनेछ ।
बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया