बिहीबार, जेठ २, २०८२

कांग्रेसले भन्यो-केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमण निन्दनीय

नेपालखोज २०७८ साउन २ गते ९:२०

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय भएको बताएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा ‘कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन ।’ भनिएको छ ।

महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यो घटनालाई गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।

साथै सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य छ, कांग्रेसले भनेको छ ।

प्रतिक्रिया