बिहीबार, जेठ २, २०८२

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

नेपालखोज २०७८ साउन २ गते १४:२३

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आइतबार (भोलि) बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने उनले बताए । पर्सीका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारीका लागि स्थायी कमिटी बैठक आयोजना गरिएको उनले बताएका छन् ।

उनकाअनुसार पर्सी बिहान ११ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ ।

भोलिको स्थायी कमिटी बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतालाई समेत डाकिएको छ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

हिजो पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया