प्रदेश २ सरकारमा माओवादीबाट दुई मन्त्रीले लिए शपथ
नेपालखोज
२०७८ साउन २ गते १७:१०

काठमाडाैं । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्रीले शपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन् ।
साह महोत्तरी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आजै मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया