सभामुखसहित ८०१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ काे नतिजा पोजिटिभ

नेपालखोज २०७८ साउन २ गते १७:३३

काठमाडौं । संघीय संसद्को नवौं अधिवेशन आइतबार (भोलि)देखि सुरु हुँदै छ । संसद् बैठकपूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरी ८०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

हिजो र आज परीक्षण गरिएको हो । त्यसक्रममा तीन कर्मचारीको नतिजा पोजिटिभ आएको र बाँकी सबै ७९८ जनाको नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ । एन्टिजेन पोजिटिभ आएकाहरुलाई पीसीआर गर्न पठाइएको पनि जनाइएको छ ।

प्रतिक्रिया