शुक्रबार, जेठ ३, २०८२

माओवादी संसदीय दलको बैठक आह्वान, प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको तयारीबारे छलफल हुने

नेपालखोज २०७८ साउन २ गते १९:४४

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहान ११ बजेका लागि दलको बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । सत्तारुढ दल नेपाली काँग्रेसले भोलि दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ । विपक्षी दल नेकपा एमालेको दलको बैठक भने शुक्रबार बसेको थियो ।

प्रतिक्रिया