मतदाता नामावली संकलन तथा अद्यावधिक गर्दै निर्वाचन आयोग
नेपालखोज
२०७८ साउन ३ गते ८:३५

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) देखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने भएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आजदेखि सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाताको नामावली संकलन तथा अद्यावधिक गरिने जानकारी दिएका छन् ।
आयोगको शुक्रबार बसेको बैठकले साउन ३ गतेदेखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगन गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुनःस्थापनासँगै मतादाता नामावली संकलन तथा अद्यावधिक सुरु गरिने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया