शुक्रबार, जेठ ३, २०८२

गोकुल बाँस्कोटाले भने– ‘देउवाले आजै विश्वासको मत लिन्छन्’

नेपालखोज २०७८ साउन ३ गते ९:५९

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजै लिने भएछन् विश्वासको मत । हिजोको काँडाघारी प्रबन्ध र कोटेश्वर बैठकको फिडब्याक आउटकम ।’

सर्वोच्च अदालतको परमादेशअनुसार गत असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए ।

नेकपा एमालेको नेपाल समूहले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया