शुक्रबार, जेठ ३, २०८२

सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपालखोज २०७८ साउन ३ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेको छ ।

छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुन ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य २५ रुपैयाँ घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय २० रुपैयाँमा रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया