ज्योतिषी रिजालको दाबी : प्रधानमन्त्री देउवाले विश्वासको मत पाउँछन्
नेपालखोज
२०७८ साउन ३ गते १२:०३

काठमाडौं । ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने योग रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले आज संसदबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला ज्योतिष रिजालले आज देउवाको कार्यसिद्धिको योग रहेको बताएका हुन् ।
२७ गतेबाट शुरू भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिनु उत्तम रहेको रिजालले स्पष्ट पारेका छन् ।

सम्बन्धित
प्रतिक्रिया