शुक्रबार, वैशाख ७, २०८१

‘सामसङ ग्यालेक्सी एम २१’ बुधबार सार्वजनिक हुँदै

नेपालखोज २०७८ साउन ३ गते १४:१९

काठमाडौं । सामसङ ग्यालेक्सी एम २१ को २०२१ संस्करण आउँदो बुधबार सार्वजनिक हुने भएको छ । कम्पनीले ग्यालेक्सी एम २१ गत वर्ष मार्च महिनामा सार्वजनिक गरेको थियो ।

यो वर्ष सोही स्मार्टफोनको २०२१ संस्करण सार्वजनिक हुँदै छ । अमेजन डट इनले जुलाई २१ मा अमेजन प्राइम डे को अवसर पारेर यो स्मार्टफोन भारतीय बजारको लागि सार्वजनिक गर्ने भएको हो । अमेजनले आफ्नो वेबसाइटमा प्रोमो पेज बनाएर ग्यालेक्सी एम २१ को २०२१ संस्करणको डिजाइन र फिचरहरूको बारेमा पनि जानकारी दिएको छ ।

६००० एमएएचको व्याट्री भएको यो फोनमा ६.४ फुल एचडी एमोलेड इन्फिनिटी-यु डिस्प्ले रहेको छ । स्मार्टफोनको पछाडि जीएम २ सेन्सर सहित ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा सहित तीनवटा क्यामेरा छन् ।

रेर माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर भएको यो स्मार्टफोन दुईवटा कलरमा पाइनेछ । चारकोल ब्ल्याक र आर्टिक ब्लु । स्मार्टफोनका अन्य फिचर भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया