शुक्रबार, जेठ ३, २०८२

भर्खर रोपाइँ सकेका किसानलाई खेतमा मल हाल्नकाे चटारो (फोटो फिचर)

नेपालखोज २०७८ साउन ३ गते १४:३९

काठमाडौं । किसानले भर्खरै धान रोपाई सकेका छन् । जेठ अन्तिम साता नेपालमा मनसुन भित्रिए पछि किसानलाई रोपाईको चटारो परेको थियो । यद्यपी अहिले धेरै किसानले रोपाई गरिसकेका छन् ।

भर्खरै रोपाई गरेर सकेका किसानलाई अब खेतमा मल पुर्याउन चटारो छ । खेत रोपेर सकिए पछि प्रयाप्त मात्रामा मल र पानी पुर्याउन नसके उब्जनी राम्रो नहुने भन्दै यतिबेला खेतमा पानी र मल पुगे नपुगेको हेर्नमा निकै व्यस्त हुन्छन् ।

तर, सरकारले यस वर्ष मलको अभाव नहुने दावी गरेपनि किसानले भनेजति प्रयाप्त मल नपाएको गुनासो गर्ने गरेका छन् । उल्लेखित तस्बिरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै गरेका छन् । युरियाको अभाव भएपछि त्यहाँका किसान भारतबाट ल्याएको गुणस्तरहीन मल खेतमा हाल्न बाध्य छन् ।

तस्वीर : रासस

प्रतिक्रिया