शुक्रबार, जेठ ३, २०८२

भीम रावलले सांसद पदबाट दिए राजीनामा

नेपालखोज २०७८ साउन ३ गते १६:३०

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् । नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन् ।

संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही समय अगाडि उनले संसद् भवन परिसरमै पत्रकारलाई राजीनामा पत्र पढेर सुनाएका छन् ।

आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न उनी लागिपरेका थिए। पार्टीको निर्णयबमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा उनले राजीनामा उपयुक्त देखेका हुन् ।

प्रतिक्रिया