शुक्रबार, जेठ ३, २०८२

एमाले सांसद भीम रावलले दिए राजीनामा

नेपालखोज २०७८ साउन ३ गते १६:३१

काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केहि समय अगाडी उनले संसद भवन परिसरमै पत्रकारलाई राजीनामा पत्र पढेर सुनाएका छन् ।

आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न उनि लागि परेका थिए। पार्टीको निर्णय बमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा उनले राजीनामा उपयुक्त देखेका हुन्।

प्रतिक्रिया