सोमबार, फागुन १४, २०८०

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

नेपालखोज २०७८ साउन ३ गते १७:४०

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सूचना दिएकाले दोस्रो बैठक बस्ने सूचना सभामुख अग्नीप्रसाद सापकोटाले दिएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो चार बजे बोलाइएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको थियो । करिब एक घण्टा बसेर स्थगित भएको हो ।

बैठकको सुरुमा सभामुख सापकोटाले अधिवेसन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए । त्यस्तै मृत्यु भएका सांसदको शोक प्रस्तावसमेत पारित गरिएको छ ।

प्रतिक्रिया