शुक्रबार, जेठ ३, २०८२

निर्वाचन आयोगद्वारा जसपाका दुवै पक्षलाई सक्कल प्रमाण झिकाउन आदेश

नेपालखोज २०७८ साउन ३ गते १८:१८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ ।

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस सुरू गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दिएकाे हाे । त्यसक्रमा दुबै पक्षले आआफ्नो तर्क गरेका थिए ।

प्रतिक्रिया