‘कांग्रेस संविधानका संरचनालाई भत्काउने बाटोमा हिँड्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेस जित नपाएको दिन संविधानका हरेक संरचनाहरुलाई भत्काउने बाटोमा हिँड्ने पार्टी नभएको बताएका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै डा. रिजालले एमालेतर्फ इगिंत गर्दै भने, ‘जितमा शालीनता देखाउँछ, नम्रता देखाउँछ, हारलाई पनि शानका साथ स्वीकार गर्छ, यो चरित्र हो कांग्रेसको । कांग्रेस जित नपाएको दिन संविधानका हरेक संरचनाहरुलाई भत्काउने बाटोमा हिँड्दैन् । हिँडेन, भोलि पनि हिँड्दैन।’
ओलीमा अहंकारको भाव आएकाले परास्त भएकाे बताउँदै उनले एकाधिकार देखाउने प्रवृति परास्त भएको बताए । साथै उनले लोकतन्त्र र संविधन विजय भएको पनि बताए । साथै रिजालले लोकतन्त्र र संविधानवाद विजयी भएको पनि बताएका छन् ।
ओलीको अहंकारले पराजय भोगेर नेपालमा लोकतन्त्र र संविधानवाद विजयी भएको बताए । संविधानवादलाई विजयी गराएकोमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्नुपर्ने उनको भनाई छ । उनले केपी शर्मा ओलीले हिजो प्रचण्ड र माधव नेपाललाई देखाएर दुई तिहाईको मत देखाएको भएपनि अहिले उनै विरुद्ध आक्रमण गरेको बताए । ओलीले अदालत माथि नै आक्रमण गरेको पनि उनले बताए ।
उनले भने– ‘संविधानलाई पांग्रा भत्काउँदै आफ्ना पक्षमा प्रयोग गर्दा सबै ठिक हुने । संविधानले आफुलाई छेउमा लगाईदियो भने गलत हुने । हिजो दुई तिहाई भन्दा पुष्पकमल दाहाल प्रचण्डको अनुहार देखाएर दुई तिहाई हुने, माधवकुमार नेपालको पनि अनुहार देखाएर दुईतिहाई हुने । आज उनको सम्मान गर्न नसक्दा । अनि यो अवस्था बेहोरेपछि अनि उहाँहरु माथिकै आक्रमण । त्यतिले नपुगेर, अदालतका माथि आक्रमण ।’ ओली सरकारले विगत डेढ वर्षदेखि नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गरेको सांसद रिजालले बताए ।
प्रतिक्रिया